काठमाडौँ। केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा रु चार हजार ८०० ले बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४७ हजार ४०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ११० निर्धारण गरिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु तीन हजार ६५ मा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0