वैदेशिक रोजगारीमा बेथिति-मागेजति दिन नमान्दा भिसा रद्द

कार्तिक १७, २०७२

bidesine-yueaharu
१७ कात्तिक, काठमाडौं- खाडी मुलुक र मलेसिया जानेबाट बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने सरकारले नियम बनाएको सुनेपछि सोलुखुम्बुको गोली कपतीका सोनाम शेर्पाले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । गाउँमा कुनै अवसर नपाएका शेर्पाले साउदी जान रातोपुलस्थित केपी इन्टरनेसनल मेनपावरमा पासपोर्ट बुझाएलगत्तै गत भदौ २१ गते भिसा लाग्यो ।

पासपोर्टमा भिसा लागेपछि सोनाम विदेश जान पाइने आसले पटकपटक मेनपावर कम्पनी धाइरहे । तर, कम्पनीले साउदी जान एक लाख २० हजार रुपैयाँ चाहिने नभए पठाउन नसकिने जवाफ दिएपछि सोनामको इच्छा पूरा हुन सकेको छैन् । गत असार २१ देखि खाडी मुलुक र मलेसिया जाने युवायुवतीसँग् १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने सरकारी नियमका कारण यतिखेर सोनामको वैदेशिक रोजगारी अनिश्चित बनेको  छ ।

सोनामले सरकारी नीति अनुसार नै १० हजार रुपैयाँ तिर्न खोजेपछि केपी इन्टरनेसनलले अहिले आएर रोजगारदाता कम्पनी खराब परेको भन्दै भिसा रद्द गरेर पासपोर्ट फिर्ता लिन दबाब दिइरहेको उनले बताए । ‘पासपोर्ट बुझाएदेखि नै मेनपावरले एक लाख २० हजार रुपैयाँ मागिरहेको थियो,’ सोनामले भने, ‘मैले सरकारी नियमअनुसार रकम तिर्छु भन्ने अडान लिएपछि उसले रोजगारदाता कम्पनी खराब भएको र त्यस्तो कम्पनीमा पठाउन नसक्ने बताइरहेको छ ।’ नागरिक दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यो पनि पढ्नुहोस