एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

राष्ट्रिय समाचार समिति

मंसिर ११, २०८३

काठमाडौँ। पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित हुनुभएको छ ।

इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रवर्द्र्धनमा गर्नुभएको योगदानको कदरस्वरुप उहाँ आज सम्मानित हुनुभएको जनाइएको छ ।

सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति