लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

राष्ट्रिय समाचार समिति

मंसिर ११, २०८३

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौँ, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौँबाट भारतका ३२ वर्षीय शिवकुमार चौहान, कैलालीबाट २७ वर्षीय अजय चौधरी, झापाबाट २७ वर्षीय रितेश राई र अनिल राई तथा बाराबाट ३१ वर्षीय विनय महतो र ३० वर्षीय सहजाद शेख पक्राउ परेका हुन् ।

यसैगरी, चितवनबाट २२ वर्षीय विशाल घिसिङ, २६ वर्षीया अञ्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी, बर्दियाबाट ३२ वर्षीय रमेश चौधरी, दाङबाट २४ वर्षीय धनबहादुर खत्री, गुल्मीबाट सुन्तला सर्किनी तथा सुर्खेतबाट ३२ वर्षीय दीपक झा पक्राउ परेका छन् ।

No data was found

चितवन, बर्दिया र दाङका घटनामा पक्राउ परेका अन्य व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । उनीहरूबाट गाँजा, खैरो हेरोइन र ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति