Fri. Apr 26th, 2024

युवा अधिकार कागज र भाषणमा मात्र

२७ साउन,धादिङ –

अन्तराष्ट्यि युवा दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । युवाहरुको लागि भन्दै विभिन्न नाराबाजी भईरहेको छ । नेता तथा माथिल्ला पोष्टमा वस्नेहरु युवाको लागि भाषण गरिरहेका छन् । तर नेपालमा वर्षेनी युवाहरु विदेशिने युवाहहरु र वेरोजगार युवाहरुको जमात छ ।

 संविधानमा युवाका अधिकार जस्ता सामुहिक प्रकृतिका अधिकारको व्यवस्था रहेको पाइँदैन । संविधानको चौधौं संशोधनले पनि नागरिकलाई कानूनको समान संरक्षणबाट वन्चित नगरिने व्यवस्थाले सारवान समानताको सिद्धान्तलाई अंगीकार गरेको देखिन्छ ।

युवा अधिकारका सम्बन्धमा लोकतन्त्र प्राप्ति पूर्वका संविधानमा स्पष्ट उल्लेख भएको पाइदैन । राज्यका नीति, कानून एवं कार्यक्रमहरुले युवाका सरोकारका विषयमा प्राथमिकतासाथ उल्लेख गर्न सकेको देखिँदैन । यद्यपि युवा मन्त्रालयको स्थापना, राष्ट्रिय योजना आयोगद्वारा सञ्चालित राष्ट्रिय विकास स्वयंसेवक सेवा आयोजना, युवाहरुलाई वौद्धिक, सामाजिक, भावनात्मक विकास तथा नागरिक शिक्षामा जोड, युवा स्वरोजगार कार्यक्रम जस्ता युवा केन्दि्रत केही कार्यक्रमहरु सञ्चालन भएको पाइन्छ । गैरसरकारी क्षेत्रबाट पनि युवाहरुमा चेतना अभिवृद्धि, सशक्तीकरण, दुर्व्यसन रोकथाम, पुनस्र्थपना, व्यवसायिक सीप विकास, युवा संस्था, युवा क्लब आदि मार्फत युवाहरुमा हौसला प्रदान गरिएको छ । नेपाल प्रहरीमा युवा महिला सहभागिता रहेको र पहिलो पटक सेनामा पनि महिलालाई प्रवेश दिइएको छ ।

युवाहरुले विदेशमा गएर कमाएर पठाएको विप्रेषणको रकम तत्काललाई नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भए तापनि यस्तो श्रम शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने प्रयास हुन नसकेमा भविष्यमा यसबाट देशले ठूलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ ।

सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषप्रद छैन । त्यसमा पनि महिलाहरुको अवस्था अझ नाजुक रहेको छ । युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा संवधोन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहिकरण गर्ने तर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरु निर्देशित हुनु जरुरी छ ।

युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि संविधानले युवाका चासोहरुलाई समुचित ढङ्गले संबोधन गर्न आवश्यक देखिन्छ । यसका लागि राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन, देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागीता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्बर्द्धनको व्यवस्था, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता विषयहरु प्रमुख रुपमा संविधानले संवोधन गर्नु उपयुक्त हुने देखिन्छ ।

२०७५ साउन २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: