Fri. Apr 26th, 2024

मैत्रीपूर्ण फूटसल प्रतियोगीतामा राजनैतिक दलको टिम विजयी


७ फागुन,  धादिङ –

६८ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फूटसलमा प्रतियोगीतामा राजनैतिक दलको टिम विजयी भएको छ ।

सोमबार धादिङबेसीस्थित फुटसल एकेडेमीमा आयोजित प्रतियोगीतामा राजनैतिक दलले राष्ट्रसेवक कर्मचारीलाई ८–७ ले पराजित गरेको थियो ।

निलकण्ठ नगरपालिका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाको कप्तानीमा उत्रेको राजनैतिक दलको टोलीलाई सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालको टिमले कडा टक्कर दिएको थियो ।

निक्कै रोमान्चक एवं प्रतिस्पर्धामक खेलमा खेलाडीको रुपमा नेपाली काग्रेस धादिङका सभापति रमेश धमला, निकलण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, ज्वालामुखी गाउँपालिकाका वडाअध्यक्ष अर्जुन अर्याल, जिल्ला समन्वय समितिका सूचना अधिकृत भोला गौतम, निलकण्ठ क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सरोज पाण्डे धादिङ फुटसल एकेडेमीका गोपी भण्डारी लगायतको सहभागिता रहेको थियो ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं ६८ औं प्रजातन्त्र दिवस जिल्ला समारोह समितिका अध्यक्ष जगन्नाथ नेपालले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

२०७४ फागुन ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: