Fri. Mar 29th, 2024

‘अष्ट्रेलियन सरकार अप्ठेरोमा छैन’

tony-abbot_46279

सिड्नी- अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटले हाल आफ्नो सरकार अप्ठेरोमा छ भनी गरिएका अभिव्यक्तिमा सत्यता नरहेको बताएका छन् ।

प्रधानमन्त्री अबोटले सोमबार गरेको मन्त्रिमण्डलमा व्यापक फेरबदलपछि उनले सरकार अप्ठेरोमा परेको बताइएको थियो ।

सो प्रतिक्रियालाई ठाडै अस्वीकार गर्दै उनले भने – यी सबै गलत अवधारणा हुन् सरकारलाई कुनैपनि अप्ठेरो परेको अवस्था छैन ।

उनी हालै मात्र पनि महिलाप्रति गरेको एक टिप्पणीका कारण विवादमा तानिएका थिए । साथै हालैका दिनमा शान्त अष्ट्रेलियामा केही अशान्तिका समाचार पनि आइरहेका छन् ।

यसैको अनुमानको आधारमा उनको सरकारप्रति सो टिप्पणी गरिएको बताइएको छ । तर सरकारमा कुनै अप्ठेरो अवस्था नआएको भनाई उनले राखेका छन् ।

हालैमात्र सरकारको बारेमा गरिएको एक सर्वेक्षणमा सरकारको लोकप्रियता केही मात्रामा घट्दै गएको देखिएको थियो ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: