Wed. May 15th, 2024

निलकण्ठ इन्जिनियरीङ ट्रुपद्धारा खानेपानी आयोजना अवलोकन

khanepani tyanki

१३ माघ, धादिङ –

निलकण्ठ उच्च माध्यामिक विद्यालयमा अध्ययनरत इन्जिनियरीङ विद्यार्थीहरुले रामकोट खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गरेका छन् ।

शिक्षक सागर कार्की र इन्जिनियर  सन्तोष छत्कुलीको नेतृत्वमा ४८ जना विद्यार्थीहरुले खानेपानी  निर्माणाधिन खानेपानी ट्याङकीको अवलोकन गरेका हुन् ।

अवलोकनबाट विद्यार्थीहरुले आरसीसी ट्याङकी निर्माणको तरिका, प्राविधिक ज्ञान, समस्या तथा निर्माण सामग्रीको प्रयोग तथा यसका विधिका बारेमा जानकारी लिएका छन् । यसैबिच स्वास्थ्य तथा सरसफाइको अवस्थाको बारेमा सर्वेक्षण गरेका छन् ।

निलकण्ठ नगरपालिका वडा नम्वर ८ रामकोटमा खानेपानीको समस्या समाधानको लागि एक्सन नेपाल, आएएमसी, निलकण्ठ नगरपालिकाको कार्यालय र उपभोक्ता समितिको सहयोगमा ३  लाख १८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको छ ।

उक्त ट्याङ्की जिल्लाकै ठुलो रहेको र यसबाट गाउका  ७ सय ४९ घरधुरी लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए ।गत मंसिर महिनादेखि  सुरु गरिएको ट्याङ्की निर्माण आगामी फागुनसम्ममा सम्पन्न हुने बताइएको  छ ।

२०७३ माघ १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: