Sat. Jul 27th, 2024

मर्ने आदेश देऊ प्रिया

ganesh

गणेश आचार्य

माफ गरिदेउ, प्रिय सानु यो चिठ्ठी लेखेर फेरी अर्को महाअपराध गर्दैछु । हुन त अपराधीले अपराध गर्नु के ठुलो भयो र ? मेरा ेलागी तिमी आकाशको जुन भएपनि म त तिम्रोलागी पैचला मुनीको धुलो न हुँ । तर,तिमी मलाई माफ देउ की नदेउ मलाई सरोकार छैन् । मैले माफी  सुरुमै माफी मागे । के गर्ने भन्ने अधिकार तिमीमा निहीत छ ।
सानु हात र आँखा जस्तै हाम्रो सम्बन्ध कति सजिलै तोडीयो है । तोडीनुपनि के ठुलो कुरा भयो र  तिम्रोलागी  । तिम्रोलागी त ख्यालख्यालमै बसेको माँया ख्यालख्यामै तोडीयो होला । म सत्य तर, तितो कुरा लेख्दैछु । एकाग्रह भएर पढ्दै जाऊ । सुरुवात गर्न चहान्छु ।  हाम्रो प्रेम कसरी झाँगीएको घटनाबाट ।

शुरुमा हामी बिशुद्ध साथि थियौ । एक अर्काका कुरा हामी साथीको नाताले शेयर गर्थिऊ । जव तिमीले एउटा गजल फेसबुकमा पोष्ट गरेउ ।  मैले तिम्रो गजलको उत्तर कमेन्ट बक्समा गजलबाटै दिए । यो कुनै अपराध थिएन । यो त केवल स्टाटसको कमेन्ट र  मनोरन्जन थियो । तर, मेरो कमेन्ट गजलले तिम्रो प्रेममा असिना बर्षाइदीयो । तिम्रो मुर्ख प्रेमीका कारण तिमीहरुको अंकुराउन लागेको पीरतीको टुसा भाँचियो । तिमीले बारम्बार प्रेमीले मसँग जोडेर झगडा गरेको कुरा सुनायौ । मेरो मन भक्कानियो र आफैले आफैलाई प्रश्न गरे,के मैले कमेन्ट गर्नु अपराध थियो ? अनि आफै उत्तर दिए । अपराध थिएन ।

म आफुले अपराध नगरेको निष्कर्षमा पुगेपछी भनेको थिए तिमीलाई । याद छ होला । झगडा नगर्नु कन्भीन्स गरेर अघी बढ्ने काम गर भनेर । तिमीले उसको दाइले एउटा पोलिकिल्निकमा मिलाइदिएको जागिर समेत छोडेको जानकारी गरायौ ।  तिमीले मैले ऊससँग सम्बन्ध तोडे । ऊ रुन्छ भनेपछी पनि मैले भनेको थिए की हैन, धोका नदेउ उसैसगँ बिहे गर्नुपर्छ भनेर । तिमीले जवाफ दिन्थेउ की एकपटक भाँचीएको हड्डी कसरी जोडु ? तपाइको कमेन्टले मेरो प्रेम तहसनहश पारिदियो । तिमीले यति भनेपछी मैले आफूलाई साँच्चीकै अपराधी ठानेर र मनमनै सोँचे । हैन,उनलाई मेरै कारण प्रेम तोडीएको महशुस भएको हो भने अब मैले उनलाई साथ दिनुपर्छ भन्ने अठोट गरे ।
दिनहरु बित्दै गए । तिमीले गरिरहेको जब छोड्छु भन्यौ र  मैले काठमाडौंकै एक नाम चलेको हस्पिटलमा जब मिलाए । तर,तिमी सम्पर्क बिच्छेद भयौ । र त्यो अवसर गुम्यो ।  देशमै नाम चलेका एक डक्टरसंग मेरो सम्बन्धमा दरार पैलदा भयो । कीनकी मैले तिम्रोलागी जबको कुरा गरे,तिमी नै गायब भयौ ।

प्रिय सानु तिमीलाई अझै याद होला । एकदिन मध्यरातमा मलाई फेसबुकमा म्यासेज गरेर, म आत्महत्या गर्दैछु । अन्तिम पटक तपाइको बोली सुन्न मन छ,लेखीकी थियौ । मैले म्यासेज नहेरेपछी मेरो वालमै पोष्ट समेत गरेकी थियौ । अनि मैले त्यतिबेला भनेको थिए ।  प्रेममा धोका पाएर तिमी मर्नु हुँदैन । तिमीलाई म साथ दिन्छु ।  आफ्नो बनाउछु भनेर । तिमी पोजेटीभ नै भयौ । हाम्रो सम्बन्ध झाँगींदै गयो । छातीमा हात राखेर भनिदेउ सानु मैले लेखेका यी कुरा सत्य हुन की हैनन ?

यावत तरिकाले हाम्रो सम्बन्ध अघी बढ्दै गयो । तिमीले सरकारी करार सेवाकालागी दरखास्त दियौ । मैले बचन दिए,तिम्रो नाम अवश्य निक्लीने छ । तर, दर्ता नम्बर ढिला दियौं । समय घर्कीसकेको थियो । रजिल्न तयार भैसकेको थियो । तर,पनि तिम्रो नाम निकाल्नलाई स्वास्थ्य मन्त्रीको दवाबमा रिजल्ट ४ दिन ढिला भएको पनि तिमीलाई थहाँ छ नि है ।  मैले तिम्रोलागी के गरिन सानु ? मेरो केही स्वार्थ थिएन र  अहिलेपनि छैन । स्वार्थ छ त केवल तिम्रो ओठमा खुसी देख्न पाऊँ ।

यति भैसकेपछी हाम्रो सम्बन्ध झन् गाढा बन्दै गयो । हामी यति निकट भयौ की भौतिक रुपमा एक नभएपनि हामी भावनात्मक रुपले एक भैसकेका थियौ । तिमी र म बीचको सम्बन्ध श्रीमान् र श्रीमती भन्दा कम थिएन ।  बरु बढी नै थियो । हामी हाम्रो भबिष्य बारे निकै चिन्ता गर्थिऊ । तिमी कार्यरत ठाऊँमा कसैले प्रेम प्रस्ताव रोखेको समेत भन्थेउ तिमी । अनि म तिमी प्रती अझ बढी बिस्वस्त हुन्थे ।  यतिसम्म की एक छोरा र एक छोरी जन्माउने अनि छोराको तिमी र छोरीको मैले हेरचाह गर्ने मति मीठा कुरा गर्थिउ हामी । बुणबुढी बनेरै कुरा गर्थिऊ हामी ।  तर, ती सपना विपनामा परिणत हुन अहीले फलामको चियुरा चपाए सरह भएको छ । यसको कारण तिमीले मप्रती पछील्लो समय गरेको अबिश्वास हो । मसँग निकट भएर अरुसंग नी च्याटमा भुल्न थाल्यौं । त्यो सम्म मलाई मतलब थिएन । तिमी झुट बोल्न थाल्यौं । मलाई अनाहाकमा अरुसँग जवरजस्ती फेसबुकको पासवर्ड लगेको भनेर अपराधी बनाइदियौ । त्यहासम्म नि ठीकै थियो । जब तिमीले १० मिनेट मात्रै कुरा गरेको मान्छेको बारेमा मैले साध्दा २ हप्तादेखी कुरा नभएको भनेर झुट बोल्यौ ।

अनि म केही अपराध गरेर भएपनि तिमीलाई अरुसँग टाढा बनाउने उपाए खोजे र एकजना मान्छेसँग कुरा गरे ।  जुन कुरा निराधार थिएनन् । मैले यसो गर्नुको कारण भएका केही सत्य घटना बताइदिएपछी सजिलो पर्ला भन्ने मात्रै हो । कीनकी म अहिले तिमीबाट अलग हुन सक्ने स्थिीतीमा छैन ।  अलग हुन  म मर्नुपर्छ । तीमीलाई जसले जे सोचे भने पनि म गलत सोच्दीन कीनकी म तिमीलाई आफु भन्दा धेरै माँया गर्छु । मैले सुने अनुसार तिम्रो पुर्व प्रेमीले तिमीलाई धम्क्याएको छ । तिमी मसँग नभएपनि मलाई त्यो स्वीकार्य छैन् । यदि ऊ नेपाल आएर तिमीलाई केही तनाव हुने काम मात्रै गर्ने दुस्सहास गर्न थाल्यो भने म चुप लागी बस्ने छैन् । म अबको केही महिनामा धादिंगबेहीमै हुनेछु ।  कीनकी तिमी जहाँ जोसँग रहेपनि म तिम्रो आँखामा आँशु देख्न सक्दीन ।

अन्त्यमा, सानु, अझै केही बिग्रीएको छैन । तिमी आफ्नो बदनामी भएको नठानीदेउ । केही गल्ती मबाट भए र तिम्रो नहुने बताएपनि आबेशमा थिए । म आफ्नो गल्तीमा आत्मालोचना गर्छु तिमीपनि गल्ती रिलाई गर अनि हामी जुनी जुनीसंगै होऊ है ? यदि यो सम्भव देख्दीनऊ र मलाई अपराधी नै ठान्छेउ भने मलाई मर्न आदेश देऊ सानु ।  म तिम्रो आदेश शीरोपर गर्नेछु । किनकी मेरो मष्तिस्कमा सयौं केटी छीरेका थिए हाृलान तर, मुटुमा तिमी मात्रै बसेकी छेउ ।  अब भाइबरमा भेट्ने आशा गर्दै बिदा हुन्छु है । वाई सानु ।

About The Author

Loading...