Wed. May 15th, 2024

रेडियो धादिङ एघारौँ वर्षमा प्रवेश

२० भदौ, धादिङ –

सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज मंगलबारदेखि प्रशारणको एघारौँ वर्ष प्रवेश गरेको छ ।

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल भदौ २० गते धादिङवेसीबाट परिक्षण प्रशारण सुरु गरेको थियो । समुदायको लागि समुदायको आवाज भन्ने मुल नारा लिएर जिल्लाकै पहिलो रेडियोको रुपमा प्रशारण सुरु भएको रेडियो धादिङले नेपालमै पहिलो पटक चेपाङ भाषामा खबर प्रशारण गरिरहेको छ ।

हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा अहिले प्रत्येक दिन नेपाली भाषाका खवर ६ बुलेटिन, तामाङ भाषाको खवर १ बुलेटिन र चेपाङ भाषाको खवर १ बुलेटीन प्रशारण हुँदै आएको छ । यसैगरी यात्रामा निस्कने सर्वसाधारणको हितलाई ध्यानमा राखेर रेडियो धादिङले प्रत्येक २/२ घण्टाको फरकमा राजमार्ग खवर पनि प्रसारण गर्दै आएको छ ।

रेडियो धादिङले विभिन्न संघसंस्था तथा निकायहरुको साझेदारीमा चेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । समसामयिक विषयबस्तुमाथिको छलफल, लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले स्थानीय कलाकारहरुको उपस्थितिमा स्टुडियोबाटै प्रत्यक्ष दोहोरी गीत संगितको कार्यक्रम पनि प्रशारण हुँदै आएको छ ।

५ सय वाट क्षमताबाट प्रशारण भैरहेको रेडियो धादिङ, धादिङ जिल्लाका अतिरिक्त, नुवाकोट, रसुवा, गोरखा लगायत आसपासका १५ भन्दा बढि जिल्लामा सुन्न सकिन्छ ।

 

२०७४ भदौ २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: