Wed. May 15th, 2024

धादिङ प्रहरीद्धारा अपहरणमा परेकी बालिकाको उद्धार, एक पक्राउ


२२ भदौ, धादिङ –

पृृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाँउपालिकाको सिम्लेबाट प्रहरीले एक बालिकाको सकुसल उद्दार गरेको छ । पोखराको चिप्ले ढुङ्गाबाट अपहरण गरी ल्याईएको एक बालिकालाई बुधवार राती प्रहरीले सकुशल उद्दार गरेको हो । अपहरण गर्ने एक जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा अपहरणमा संलग्न धादिङ जिल्ला धुनीबेसी नगरपालिका घार्के स्थित चालीसे घर भएका २७ वर्षिय सन्तोष सापकोटाले रहेका छन् ।

अपहरणकारीले पोखराको चिप्लेढुङ्ग बसी कवाडी सामान संकलन गर्ने सुनिल र मन्जु भनीने थर नखुलेको व्यक्तिको दुई वर्षीय छोरी रोशनी नाम गरेको बालिकालाई आफुले दिनको समयमा रेखदेख गरीदिने बाहनामा अपहरण गरी ल्याईएकोे प्रहरी समक्ष स्विकारेका हुन ।
पृथ्वी राजमार्ग स्थित सिम्ले नजिकै खेष्टे खोला भन्ने स्थानमा संखास्पद तरिकाले एक बालिकालाई बोकेर हिडिरहेको देखे पछी गस्तिमा गएको प्रहरीले निजलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

सोधुपुछ पछी सपकोटाले बालिकालाई आफुले २० गते दिउँसो पोखराबाट ल्याईएको प्रहरीसंग बताएको थियो । अपहरण किन ग¥र्यो भन्ने विषयमा भने केही नखुलेको गल्छी प्रहरीले बताएको छ ।

त्यस पछी सिम्ले प्रहरीले अपहरणमा संलग्न र बालिका दुबै लाई प्रहरी चौकी गल्छी बैरेनीमा वुझाएको छ । बालिका अहिले प्रहरी चौकी गल्छीमा रहेकी छन् । अपहरण गरी ल्याउने युवकको बारेमा भने थप अनुसन्धान भई रहेको प्रहरीले जनाईएको छ ।

फोटो सौजन्य : पत्रकार शीव सिलवालको फेसबुकबाट

२०७४ भदौ २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: