Tue. May 14th, 2024

मैलुङ–स्याफ्रुबेंसीको ट्रयाक खुल्यो

६ जेठ,  रसुवा –

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसम्म पुग्ने मैलुङ–स्याफ्रुबेंसी सडकको ट्रयाकक खोलेर नेपाली सेनाले यातायात मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

आइतबार रक्षा मन्त्री इश्वर पोखरेलले उद्धघाटन गरेसँगै सेनाले सडकको जिम्मा यातायात मन्त्रालयलाई सुम्पिएको हो ।
नेपाली सेनाले सो सडकको ट्र्याक निर्माण सम्पन्न गरेसँगै गल्छी त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी हुँदै रसुवागढी पुग्न धुन्चे हुँदै जानुभन्दा लगभग ३० किलोमिटर छोटो पर्ने छ ।

मैलुङ–स्याफ्रुबेसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ ।

२०७५ जेठ ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: