Fri. Apr 26th, 2024

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा आज चार खेल हुँदै

काठमाडौ– राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मंगलबार चार खेलहरू हुँदैछ । 

त्रिवि मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन्। यसअघि पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो भने पुलिसले सुदूरपश्चिमलाई स्तब्ध पारेको थियो। 

यस्तै त्रिवि मैदानमै हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।

यसअघि सोमबार बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो भने एपीएफले प्रदेश–२ लाई पराजित गरेको थियो। 
यस्तै आजै हुने मुलपानी रंगशालाको पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ। यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।

समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: