
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा कार र ट्रक दूर्घटनामा परेको छ ।
काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको बि.ए.डी. १३७७ नम्बरको कार र काठमाण्डौतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १७३३ नम्बरको ट्रक आपसमा ठोकिदा पाँच जना घाइते भएका छन् ।
दूर्घटनामा नवलपरासीको देवचुली गाउँपालिकाका ३६ वर्षीय प्रदीप न्यौपाने, १० वर्षि बालक प्रक्षेप न्यौपाने, काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–८ का २७ वर्षिय सुबोध बञ्जरा, पाल्पा जिल्ला गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरे, कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३३ वर्षिय मुनिराज उपाध्याय घाइते भएका छन् ।
घाइतेहरुको सिम्लेस्थित स्थानीय स्वास्थ्य संस्थाहरुमा प्राथमिक उपचार गरिएको छ । थप उपचारका लागि प्रदीप न्यौपाने, प्रक्षेप न्यौपाने र रामहरी गैरेलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।