चितवन राष्ट्रिय निकुञ्जबाट पाँच गैँडा स्थानान्तरण गरिँदै

फाल्गुन १६, २०७२

१६ फागुन धादिङ–  चितवन राष्ट्रिय निकुञ्जबाट यही फागुन १९ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ ।

gainda

गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज लग्न लागिएकोे हो । जसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । स्थानान्तरण गरिने पाँचमध्ये दुई वटा भाले र तीन वटा पोथी रहेका छन् । पहिलो दिन १९ गते दुई वटा र फागुन २३ गते तीन वटा गैँडा स्थानान्तरण गरिँदैछ ।

निकुञ्जको कसराको तल्लो भाग सुखीभारबाट गैँडा बर्दिया लैजान लागिएको हो । ती गैँडालाई बर्दियाको बबई उपत्यकामा छाडिने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । पहिलो चरणमा गैँडा स्थानान्तरणका लागि रु ८३ लाख खर्च हुने अनुमान गरिएको छ । तयारीका लागि ३० वटा हात्ती, जनशक्ति, खोरलगायत आवश्यक उपकरण तयार गरिएको छ । तीन वर्षभित्रमा बर्दियामा २५ वटा गैँडा स्थानान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । जसमध्ये २० वटा पोथी र पाँच वटा भाले रहेका छन् । यो आर्थिक वर्षमा पाँच वटा मात्र लगिन लागेको हो ।

बर्दियाको कर्णाली नदी तटमा हाल २९ वटा गैँडा छन् । सन् २००३ पछि सरकारले अहिले गैँडा स्थानान्तरण गर्न लागेको हो । सन् २००३ सम्म चितवन राष्ट्रिय निकुञ्जमा रहेका ८७ वटा गैँडा स्थानान्तरण भएका छन् । चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ८२ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाँचवटा गैँडा स्थानान्तरण भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चितवन निकुञ्जको पूर्वी क्षेत्र इचर्नीबाट त्यतिबेला गैँडा लगिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सरोकारवालाले पहिले सो क्षेत्रमा गैँडा किन म¥यो समीक्षा नगरी स्थानान्तरण गर्न लागिएको भन्दै यसको विरोध गरेका छन् । उनीहरुले गैँडा मर्नुको कारण खोजी गरी त्यो समस्या समाधान गरेर मात्रै स्थानान्तरण गर्नुपर्ने भए पनि विभागले हतार गरेको जनाएका छन् । उनीहरुले गैँडालाई उपयुक्त वासस्थान र सुरक्षा हुनुपर्ने बताएका छन् । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

असक्त नागरिकलाई टोलटोलमा पुगेर परिचाय पत्र वितरण

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

जुत्ताको टालाटुलीबाट बुनिएको सुनमादेवीको सुखद संसार

ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

यो पनि पढ्नुहोस