म नेपाली हुँ, मसँग केही खास छ

चैत्र २०, २०७२

सुरेश अर्याल – 

suresh aryal

मसँग सान छ, मान छ
किनकी मेरो छुट्टै पहिचान छ।
आत्मसम्मान बेचेर भोको पेटमा
राष्ट्रियगान गुन्जायमान छ।

के छैन मसँग
छिमेकिको उपहास छ
थर्काएमान बर्तमान छ
कँहालिलाग्दो भोलि छ
मक्किएको ईतिहास छ
किनकी

म नेपाली हुँ, मसँग केही खास छ।
शहर छ, व्यस्त छ।
सभ्यता छ र धुलोमाडौँ छ।
बाग्मती छ,पानी छ।
प्वालैप्वाल पारिएको राहदानी छ।
तर पनि मसँग कुनै गुनासो छैन
किनकी

म नेपाली हुँ, सन्तुष्ट हुने मेरो बानी छ।
भन्ने गरिएको सुशासन छ
भ्रष्टाचार छ,बलत्कार छ।
डन दादागिरिको जयजयकार छ।
हावै हावा छ।

पाइपका पाइप लाइनहरु छन्।
गफैगफ छ्न्रमाहिर गफाडिहरु छन्।
यहिँ म छु र मेरो बिचित्रको देश छ।
बुद्धभुमी लुम्बिनी छ
तर कहिलेकाहिँ इन्डिया झर्छ।
संसारकै अग्लो शिखर सगरमाथा छ
तर गुगलमा चाइनातिर पर्छ।
प्लेटै प्लेट छ्न्

कहिले यता सर्छ्न्,कहिले उता
इपिसेन्टर छरहाइपोसेन्टर छ
बथानका बथान एनजीओ आइएनजी ओ छ्न्
कर्मचारी छ्न् – मोटा ।
के चाहिँ छैन र यहाँ ?
महँगी छरकालोबजारी छ।
बल्ब छ र त लोडसेडिङ छ।

ट्राफिक जाम छरप्रशासन गुमनाम छ
कहिले नाकाबन्दी छ
कहिले सामान बन्दि छ
ग्याँस डिपो छ
आयाल निगम छ
सप्पै ……..सप्पै थोक छ यहाँ ।
अनि सँगै निगमन गर्ने
चुस्त दुरुस्त सरकार छ
जहाँ म छु र मेरो दबित आवाज छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

यो पनि पढ्नुहोस