चिनियाँ सांस्कतिक टोली सम्मानित

राष्ट्रिय समाचार समिति

कार्तिक १५, २०८३

काठमाडौँ। नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन् । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान र एसएस फाउण्डेसनद्वारा यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डल सम्मानित भएका हुन् ।

प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गर्नुभएको हो । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोलीको नेतृत्व ‘लु सुन कल्चरल फाउण्डेसन’का अध्यक्ष एवं विश्व प्रसिद्ध साहित्यकार लु सुनका नाति झाउ लिङफेईले गर्नुभएको छ ।

संरक्षक उप्रेतीले चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीको नेपाल भ्रमणले यस क्षेत्रमा दुई देशबीच सहकार्य बढ्ने बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले मित्रराष्ट्र चीनको सांस्कृतिक एवं साहित्यिक टोलीको भ्रमणले एक अर्काको संस्कृति, साहित्यिक र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

No data was found

अध्यक्ष श्रेष्ठले नेपालको कला-संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकमा जोड दिनुभयो । कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।

पन्ध्र सदस्यीय चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीले पाटन दरबार स्क्वायरलगायत उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाँउहरूको भ्रमणसमेत गरेको छ । टोलीलाई शुक्रबार नै नेपाल प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

चिनियाँ सांस्कतिक टोली सम्मानित

‘स्ट्रेट अफ होर्मुज’ मा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति