गाउँमा सचिव नबस्दा सेवाग्रहीलाई हैरानी

फागुन २९, २०७१

धादिङ  – गाँउ विकास समितिका सचिवहरु शहर केन्द्रित हुँदा आफुहरुले हैरानी खेप्नु परेको नागरिकहरुले गुनासो गरेका छन् ।

जिल्ला विकास समितिबाट संचालन भएका योजना तथा कार्यक्रमहरुको विषयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले शुक्रबार उत्तरी धादिङको मुलपानी गाविसमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका छन् । गाउँमा गाविस सचिव नबसिदिँदा सानो कामका लागि पनि दुई दिनसम्म लगाएर सदरमुकाम धाउनु परेको सेवाग्राहीहरुले बताएका छन् । सचिव भेट्न सदरमुकाम पुग्दा समय पनि बर्बाद हुने र खर्च बढि लाग्ने भएकोले सचिवलाई गाविसमै बसेर काम गर्न आग्रह गरेका छन् ।

जिल्ला विकास समितिबाट परेका योजनाहरु समयमै सम्पन्न नहुँदा काममा अनियमितता बढ्दै गईरहेको सहभागीहरुले बताएका छन् । पहुँच र भनसुनको आधारमा जिल्ला विकास समितिले योजना छनौट गर्ने गरेको समेत स्थानीयले आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले सरकारी कर्मचारीहरु जनताहरुप्रति उत्तरदायि भएर काम गरिदिन आग्रह गर्नुभएको छ ।

No data was found

जिल्ला प्राविधिक कार्यलय धादिङका प्रमुख जिल्ला ईन्जिनियर भरत प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति धादिङका योजना अधिकृत युवराज अर्याल, रेडियो धादिङका स्टेशन म्यानेजर राजराम शर्मा लगायतको सहभागिता रहेको थियो । सार्बजनिक सुनुवाई कार्यक्रममा गाविस सचिवहरु, राजनीतिक दल, नागरिक सचेतना केन्द्र र वडा नागरीक मञ्चका प्रतिनिधिहरु, बुढाथुम, फुलखर्क, मुलपानी, सल्यानकोट, आगिन्चोक गुम्दी लगायतका गाविसका स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमका उठेका विषयबस्तु माथि जिल्ला विकास समित धादिङका योजना अधिकृत युवराज अर्यालले सार्वजनिक निकायबाट प्रहाव गर्ने सेवा र त्यस क्षेत्रमा सन्चालित कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

बालुवा उद्योग विवाद र पालिका अध्यक्षको ‘इगो’: सिद्धलेक-७ नं. वडामा अनिश्चितकालीन तालाबन्दी

‘ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन’

यो पनि पढ्नुहोस