
राज्य सत्ताको होडबाजी चलिरहेको ।
बन्द हड्ताल र चक्काजामले
सडकका ती गल्ली गल्फाहरूमा
मोटरका ती पाङग्रारहरू
अनव्रत रूपमा बलिरहेको
हो मैले यहि पाए ।
हो मैले यहि आभाष गर े।
प्रवासी भई म आफनै मातृभुमिको चरणमा
फर्केर आउदा ।
यानिकि,
कसैको मनसाय राजनीति ।
कसैको मनसाय राजाको नीति ।
यिनै दुई कुराहरू बीच
कौतुहलतामा चिच्याहट भई
दुई अनाडिहरूबिच रिति, तिथि र नितिलाई
खेल बनाई खेलीरहेको ।
हो मैले यहि पाए ।
हो मैले यहि आभाष गरे ।
प्रवासी भई म आफनै मातृभुमिको चरणमा
फर्केर आउदा ।
अनि,
उनीहरू एउटै कुरामा द्विविधा भईरहेको ।
उनिहरू एउटै बिषयमा सङ्घर्ष गरिरहेको ।
यस अर्थमा कि एउटा थियो उतेजित हुँदै
मेरो भागमा डाडु नै घोप्टिएन ।
अर्को अतालिदै आक्रोशका स्वरहरू
मेरो थालमा पन्यु नै कोल्टिएन ।
हो मैले यहि पाए ।
हो मैले यहि आभाष गरे ।
प्रवासी भई म आफनै मातृभुमिको चरणमा
फर्केर आउदा ।
र,
देशलाई एउटा जनयुद्धको किल्ला बनाएको ।
जुन किल्लालाई युद्ध घोषित गरेको ।
जहाँ किल्लाभित्रका जनहरू
क्यारम्बोडको गोटि जस्तै
जता हान्यो उतै जाने ।
लिङ्गे बाँस जस्तै
जता ढल्कायो उतै ढल्किने ।
हो मैले यहि पाए ।
हो मैले यहि आभाष गरे ।
प्रवासी भई म आफनै मातृभुमिको चरणमा
फर्केर आउदा ।
हेमन्त खड्का, खोटाङ
२०७४ माघ २२ गते प्रकाशित