
कमल कट्वाल
चैत मासको घाममासुख्खा परेर पट पट चिरा परेकोबाजो जमिनमा जाबो एउटा झारले जन्म लिनजाती संघर्ष गर्नु पर्छ त्यो भन्दा कयौंगुणा संघर्ष गरेर जन्मेकी अरे म !
मत त्यस्तो समाज जन्मेकी अरे जाहाँ तेत्तीसकोटि देबि-देवता मध्य शक्ति चाहिय दुर्ग र कालिको आर्धणा गर्छन धन चाहिय लक्ष्मीको पुजा गर्छन अनि ज्ञान चाहिय सरस्वतीको बन्धना गर्छन तर छोरी जन्मिए छिछी र धुरधुर गर्छन !
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ मेरा बालाई बैतर्नी तर्नको लागि छोराको हात र गाईको पुछर चाहिन्छ तर छोरीको सपनाको हत्या गर्न कुनै औजार चाहिदैन !
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ म कोखमा आएको खबर सुन्दा मेरि आमालाई बाकी आमाले हर्पेको कैली गाईको एक डाडु घिउ ततायर खुहाएकी थिहिन अरे तर म जन्मेको खबर सुन्दा आमालाई त्यही कैली गाई संग सुत्नु परेको थियो अरे !
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ मेरा दाजुका कयौं गलतीगलती हुदैनन् तर म पधेरामा साथी संग एक चोटि हाँस्दा मात्र पनि बाको परिवारको इज्जत जान्छ अरे !
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ म खोखमा छु भन्ने थाहाँ पाइयो भने निस्नदिही पढेलेखेका भिधुवानहरुलेमेरो फुल्दै नफुलेको बोटको जारा काट्छन र हातै नधुई भतेरमा बसेर भोज खान्छन् !!
२०७७ बैशाख १३ गते प्रकाशित