Fri. Jul 4th, 2025

हुदैन मित्र राष्ट्र जो लुटेर खान्छ साँधमा (पञ्चचामर छन्द)

केशव प्रसाद दुवाडी–

छ सार्वभौम राष्ट्र यो झुकेन माथ युद्धमा 

ध्वजा डगेन देशको रह्यो सधैँ सनातन 

धरा चिथोर्दछौ तिमी सधैँ मिचाह चालमा

हुँदैन मित्रराष्ट्र जो लुटेर खान्छ साँधमा ।।


हिमाल खण्ड लेकका पहाड लुट्न खोज्दछौ 

नदी र ताल लुट्दछौ मधेश साँद मिच्दछौ 

डुवान देश पार्दछौ थुनेर गेट बाँधमा

 हुँदैन मित्रराष्ट्र जो लुटेर खान्छ साँधमा ।।


स्वभाव धूर्त स्याल झै धरा लुटी छिमेकको

छ धाक हेर विश्वमा विशाल लोकतन्त्रको

नराख दृष्टि गिद्ध झैँ स्वतन्त्र शान्त राष्ट्रमा 

हुँदैन मित्रराष्ट्र जो लुटेर खान्छ साँधमा ।।


नठोक टाप देशमा नलाग जाल झेलमान

कुल्च देश सम्झ लौ नझोस अग्नि तेलमा

जुटेर युद्ध लड्दछौँ लिएर तोप काँधमा

 हुँदैन मित्र राष्ट्र जो लुटेर खान्छ साँधमा ।।

(लेखक धादिङका बरिष्ठ साहित्यकार हुनुहुन्छ ।)

२०७७ जेठ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: