नयाँ संविधान मुलुकले चाडै पाउँछ : प्रधानमन्त्री

असार ८, २०७२

shusil koirala
काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले चाडै नै संविधान पाउने र विकासले गति लिने बताएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका विभिन्न संस्थाका प्रतिनिधिसँग मंगलबार प्रधानमन्त्रीले भने, संविधान अब चाडै बन्छ । मुलुक विकासको गतिमा लम्किन्छ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार प्रधानमन्त्रीले नयाँ संविधान जारी भएपछि आधुनिक र विकसित नेपाल बन्ने विश्वास गरे । उनले भने, “हिजोका कमी कमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु। म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौ ।”

प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनर्निर्माणको मार्गमा पनि हिडिरहेको बताए। उनले हालैको भूकम्पमा भएको खोजी,उद्धार,राहत र पुनस्थापनाका प्रयासहरुको विदेशीहरुले सराहना गरेको बताए।

आफूलाई भेट्न आएका कुटनीतिक नियोगका प्रमुख र विदेशी प्रतिनिधिमण्डलका नेताहरुलाई उघृत गर्दै उनले सीमित स्रोत, साधन, जनशक्तिका बावजूद पनि नेपालमा भूकम्प पछिका खोजी,उद्धार,राहत र पुनस्थापनाका कार्य प्रभावकारी रुपमा भएको स्पष्ट पारे।

कोइरालाले नेपालमा लोकतन्त्र,शान्ति,स्थायित्व र विकासका अभावमा संस्थाहरुको विकास नै हुन नपाएको उल्लेख गरे। “झण्डै एक शताब्दी त हामीले लोकतान्त्रिक शासन पद्धतिको स्थापना र पुनस्थापनाको संघर्षमा नै वितायौं,”प्रधानमन्त्री कोइरालाले भने,“हामीले विकासको त मुखै देख्न पाएनौ ।लोकतान्त्रिक व्यवस्थाले मात्र स्थायित्व पाएको हुन्थ्यो भने यो मुलुक कहाँ पुगी सक्ने थियो ।”

प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण पछि मुलुक राजनीतिक स्थायित्व र शान्तिको मार्गमा पुग्ने भएकोले विकासले गति लिने पनि स्पष्ट पार्दै भने, विदेशिएका नेपालीलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने छ। अन्नपूर्णबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड