गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

राष्ट्रिय समाचार समिति

मंसिर ६, २०८३

इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ हजार बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।

मन्त्रालयका अनुसार गाजा क्षेत्रका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ भने समग्र पूर्वाधारको करिब ९० प्रतिशत नष्ट भएको छ ।

No data was found

आवासको तत्काल आवश्यकता रहेका तीन लाख ५० हजार परिवारमध्ये दुई लाख ७० हजार परिवार तीन वर्षभन्दा लामो समयदेखि आधारभूत सुविधाविनै पालमा बस्दै आएका छन् ।

वर्षायाम सुरु भएसँगै सात हजार ५०० परिवार बाढीको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये दुई हजार ५०० परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसम थप गम्भीर हुनुअघि करिब दुई लाख पुराना तथा जीर्ण पाल तत्काल विस्थापित गरी नयाँ पाल उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।

यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आवास सामग्री आपूर्तिका लागि विशेष मानवीय सहायता मार्ग स्थापना गर्न आग्रह गरेको छ ।

त्यस्तै, भग्नावशेष हटाउन र सडक पुनः सञ्चालन गर्न आवश्यक भारी उपकरण, इन्धन तथा स्पेयर पाट्र्स गाजामा भित्र्याउन पनि उसले माग गरेको छ ।

मन्त्रालयले प्रभावित नागरिकको सम्पत्ति अधिकार सुरक्षित हुने गरी पारदर्शी तथ्याङ्कमा आधारित स्थायी आवास पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नसमेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

धादिङमा बेलिब्रिज र पक्की पुल निर्माणको जिम्मा संघीय सरकारको : गगन थापा

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति