चरेस कारखानामा प्रहरी छापा, धादिङका दुई पक्राउ

असोज ६, २०७८

काठमाडौँ —

हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहित धादिङका उर्पा तामाङ र श्याम रोकालाई पक्राउ गरिएको हो । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

No data was found

केही दिनअघि विमानस्थलबाट चरेससहित सात जना पक्राउ परेका थिए । उक्त घटनाको अनसन्धान गर्ने क्रममा ब्युरोले कपडाका चकटी, डायरी लगायत हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने गरेको फेला पारेको हो । कोठा भाडामा लिएर गिरोहले चरेस प्याकिङ गर्ने कारखाना सञ्चालन गर्दै आएको खुलेको छ ।

पछिल्लो समय कोरोना महामारीपछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गिरोहले चरेस, हेरोइन लगायका लागूऔषध ओसारपोसारका गतिविधि बढाउँदै आएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घण्टाकर्ण पर्व मनाइँदै

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने

बालुवा उद्योग विवाद र पालिका अध्यक्षको ‘इगो’: सिद्धलेक-७ नं. वडामा अनिश्चितकालीन तालाबन्दी

यो पनि पढ्नुहोस