चरेस कारखानामा प्रहरी छापा, धादिङका दुई पक्राउ

अशोज ६, २०७८

काठमाडौँ —

हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहित धादिङका उर्पा तामाङ र श्याम रोकालाई पक्राउ गरिएको हो । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

केही दिनअघि विमानस्थलबाट चरेससहित सात जना पक्राउ परेका थिए । उक्त घटनाको अनसन्धान गर्ने क्रममा ब्युरोले कपडाका चकटी, डायरी लगायत हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने गरेको फेला पारेको हो । कोठा भाडामा लिएर गिरोहले चरेस प्याकिङ गर्ने कारखाना सञ्चालन गर्दै आएको खुलेको छ ।

पछिल्लो समय कोरोना महामारीपछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गिरोहले चरेस, हेरोइन लगायका लागूऔषध ओसारपोसारका गतिविधि बढाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस