Sat. Jul 5th, 2025

आँखा रसायो अरे

रश्मी भण्डारी – 

rasmi

मैले गर्दा उस्को आँखा रसायो अरे
अतितका याद्ले छाती जलायो अरे

एक हुन सकिएन बाध्यताले गर्दा
सम्झनाले पागल झैँ गरायो अरे

विछोडको घाउसँगै तड्पिएपछि
जिन्दगीमा पिडैपिडा छायो अरे

भुल्न खोज्दा पलपल व्यर्थै आज फेरी
दुनियाँले धेरै कुरा सुनायो अरे

About The Author

अन्य समाचारहरु: