आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

फाल्गुन २०, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।

आज दिउँसाे देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि र पर्सी पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ। उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना कायमै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन