ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान

बैशाख २६, २०८१

काठमाडौँ । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित ‘चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ मा उनलाई शो सम्मान प्रदान गरिएको हो । मंगलबार साँझ सम्पन्न अवार्डमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राणालाई उक्त सम्मान प्रदान गरे ।

कार्यक्रममा अग्रज पत्रकार विजयरत्न तुलाधरले नगद राशिसहित पत्रकारिता रजत सम्मान प्राप्त गरे । नगद राशि शम्भुजित सेभेन नोट्स नामक संस्थाबाट प्रायोजन भएको थियो । सोही अवसरमा पत्रकार शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान समेत प्रदान गरियो ।

वेमेन्स इरा एण्ड मिडिया ग्रुपले ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गीत संगीत विशेष सम्मान सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राईले प्राप्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

साहित्य महोत्सवले पर्यटन प्रवर्द्वनमा पनि टेवा पुगेको विश्वास

साहित्य बुझ्ने राजनैतिक व्यक्तित्व राष्ट्र हाँक्ने असल नायक बन्न सक्छ: बागमती प्रदेश प्रमुख देवकोटा

बागमती साहित्य महोत्सव धादिङबेसीमा सुरु, प्रदेश प्रमुख देवकोटाद्वारा उद्घाटन

साहित्यले समाजलाई सही दिशा तर्फ डोर्‍याउछ: कृषिमन्त्री अधिकारी

बागमती साहित्यिक महोत्सवको तयारी तीव्र

प्रवचनमा ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि चन्द्रकला सखीको ‘ट्रोल’