सुमना श्रेष्ठ भन्छिन्- ‘शिक्षा क्षेत्रमा दल र राजनीति चाहिन्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली हुन्’

भदौ ६, २०८१

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरिन् । उनले बल भन्दा बुद्धि ठूलो भन्ने सानोमा पढाइ हुने भएपनि अहिले त दल ठुलो भन्ने भाष्य निर्माण भइसकेको उल्लेख गरिन् ।

‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै हिँड्ने अहिलेका प्रधानमन्त्रीलाई जरोमा पनि उही टुप्पोमा पनि उही भएपछि उहाँको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छरु‚’ उनले प्रश्न गरिन् । दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशाका कारण एउटा मन्त्रीले सामाजिक सञ्जालमा अर्को मन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था आइपरेको श्रेष्ठको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस