सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

अशोज १५, २०८१

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटुरोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने निर्णय गरेको सञ्चालक समितिका सदस्य सचिव एवम् केन्द्रका कार्यकारी निर्देशक डा। रवि मल्लले जानकारी दिए ।

उनका अनुसार अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।बैठकमा मन्त्री पौडेलले सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार शुरु भैसकेको भन्दै मुटुरोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए ।

मन्त्री पौडेलले गत साउन २७ मा सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टीकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन

रोल्पामा चार जनामा हैजा संक्रमण पुष्टि