हलिउड प्रतिबन्धबीच रुसमा भारतीय फिल्म प्रदर्शन गर्न दिने पुटिनको तयारी

कार्तिक ३, २०८१

काठमाडौं– युक्रेनमाथि आक्रमण गरेयता रुसमाथि हलिउड र ठूला फेस्टिभलले प्रतिबन्ध लगाएको स्थिती छ । यस्तोमा, रुसले आफ्नो मनोरञ्जन बजारलाई चलायमान बनाउन भारतीय फिल्मलाई प्रवर्धन गर्नेतर्फ चासो देखाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय फिल्मलाई रुसमा वितरण गर्न दिनेबारे छलफल चाँडै सुरु हुने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रुसमा भारतीय फिल्मको प्रवर्धनको लागि सहकार्य गर्न उत्सुकता व्यक्त गर्दै पुटिनले भारतीय फिल्मको लोकप्रियताबारे चर्चा गरे ।

कजानमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनअघि बोल्दै पुटिनले रुसमा विदेशी फिल्ममध्ये भारतीय सिनेमालाई ‘सबैभन्दा लोकप्रिय’ भनेर प्रशंसा गरे ।

उनले भारतसँग रुसको सांस्कृतिक सम्बन्धमा जोड दिए । भारतीय फिल्मलाई रुसको एक टेलिभिजन च्यानलमा चौबिसै घण्टा देशब्यापी प्रसारण गरिने पनि पुटिनले बताए ।

आफ्नो सरकारी निवासमा भएको अन्तरक्रियामा पुटिनले भारतीय फिल्म निर्मातालाई रुसमा छायांकन गर्न प्रोत्साहन गर्ने सम्भावना रहेको संकेत गरे । यस्तो सांस्कृतिक पहलका लागि प्रधानमन्त्री मोदीसँग थप छलफल हुने उनले बताए ।

रुसी नेताले ब्रिक्स फिल्म फेस्टिभलको बारेमा पनि चर्चा गरे । मस्को अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले ब्रिक्स राष्ट्रहरूका फिल्महरू प्रदर्शन गर्न थालेको उल्लेख गर्दै उनले सिनेमा र औषधि निर्माणमा भारतसँग सहकार्य गर्न रुसको उत्साहलाई जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड