काठमाडौं । महोत्तरी प्रहरीले जुवातास खेल्ने सातजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले बर्दिबास–७ स्थित कृष्णबहादुर तमाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिरहाको मिर्चैया नगरपालिका–४ बस्ने २१ वर्षीय भगवान बाबुसाहसहित सातजना छन् । उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बर्दिबास प्रहरी प्रमुख डीएसपी विकास बमका अनुसार, पक्राउ परेकाहरूको साथबाट दुई लाख ३६ हजार ५७५ रूपैयाँ र तीन बुक तास बरामद भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0