जुवातासको खालबाट ४९ जना पक्राउ

राष्ट्रिय समाचार समिति

मंसिर ५, २०८३

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले निजहरूलाई रु नौ लाख ६० हजार ५०० तथा ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ९३ हजार १८५ र चार थान ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका-१ शङ्करपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ३५ हजार ४२५ र छ थान कौडासहित पक्राउ गरेको हो ।
त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ७५ हजार ४३५ सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई

लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

जुवातासको खालबाट ४९ जना पक्राउ

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति