दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र सामान जफत गर्ने तयारी

कार्तिक २०, २०८२

काठमाडौं । नेपाल स्काउटले आफ्नो जग्गामा निर्माण भएका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने चेतावनी दिएको छ ।

स्काउटले एक सूचना जारी गर्दै आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचनाको बहालको बक्यौता रकम सात दिनभित्र तिर्न ताकेता गरेको हो । बक्यौता रकम सात दिनभित्र नतिरे अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने स्काउटको प्रधान कार्यालयले चेतावनी दिएको छ ।

सूचनाअनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको हो ।

No data was found

तर, खड्का ल्याण्ड डेभलपमेन्टले भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिइएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस