स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध

कार्तिक २१, २०८२

त्रिशूली (नुवाकोट) । सडक मर्मत सुधारको माग गर्दै मध्यपहाडी राजमार्गस्थित लिखु गाउँपालिका–६ छहरेमा आज स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

 

सडक अवरुद्ध भएसगैँ टोखा–छहरे सडक हुँदै नुवाकोट र रसुवा आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । सडक अवरोधका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ आवतजावत गर्ने गाडीबीच बाटोमा रोकिएका छन् । सडक खुलाउन आयोजनाका प्रतिनिधि र स्थानीयवासीबीच छलफल गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

No data was found

 

बिग्रिएको सडक मर्मतका लागि सम्बन्धित पक्षलाई गराएको ध्यानाकर्षणको बेवास्ता गरिएको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन सडक अवरोध सुरु गरेका हुन् । मागको सुनुवाइ नभएकाले अनिश्चितकालीन विरोधको कार्यक्रम सुरु गरिएको स्थानीय नवराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छहरेमा तीन वर्षअघि निर्माण गरिएको सडकमा खाल्डाखुल्डीका कारण दैनिकजसो दुर्घटना हुने गरेकाले तत्काल सुधारको माग गरिएको हो । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन मन्त्री तामाङको आग्रह

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

यो पनि पढ्नुहोस