बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

कार्तिक २३, २०८२

काठमाण्डौ – हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।

त्यसअघि यूएईले पाँच विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रथी थापालाई दज्र्यानी चिन्ह प्रदान

पाल–युरोप व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

यो पनि पढ्नुहोस