गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

पुस २६, २०८२

काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उहाँको पहिलो औपचारिक गीति कृति हो ।
भोजपुरको चरम्बिमा जन्मिनुभएका ढकालले शिक्षण पेसाबाट करिअर सुरु गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्रसेवा गर्नुभएको थियो । एल्बममार्फत उहाँले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक सुरुवात गर्नुभएको हो ।
एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमति हिरादेवी ढकाल रहनुभएको छ । कार्यक्रममा उहाँले गीतकार ढकालको साहित्यिक तथा सङ्गीत यात्राको सफलताको कामना गर्नुभयो । एल्बमको सम्पूर्ण संगीत शक्ति बल्लभले दिनुभएको छ ।
एल्बममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, सुमित खड्का र रचना रिमालको स्वरमा पाँच वटा गीत समावेश छन् । लोकार्पण कार्यक्रममा कवि तथा गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, कवि तथा गीतकार एवं नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइराला, पूर्वमन्त्री टङ्क ढकाललगायतको उपस्थिति थियो ।
पूर्वमन्त्री टङ्क ढकालले नेपाली साहित्य र प्रतिभाको विकास आवश्यक रहेको उल्लेख गर्दै ‘हिमाली सुस्केरा’ले साहित्यिक इतिहासमा अर्को इँटा थपेको बताउनुभयो । सरल शब्द र लोक लवजको लेखाइ प्रयोग गरिएको लेखाइले देश, प्रकृति र बिकास प्रेम झल्किने सङ्गितकार बल्लभले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

यसरी फेरिदैछ रुपाको रुप   

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन 

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन  

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस 

यो पनि पढ्नुहोस