विश्वकप लिग-२: दीपेन्द्रले समाल्दा नेपालले दियो युएईलाइ २ सय १ रनको लक्ष्य
सम्बाददाता

बैशाख १२, २०८३

काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा जारी युएइसँगको खेलमा नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले ७५ रनको इनिङ खेल्दा नेपालले मध्यम स्कोर तयार गरेको हो।

दिपेन्द्रले ९० बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे। नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भएको थियो। दीपेन्द्र बाहेक नेपालका लागि शीर्ष क्रमका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन्। ओपनर कुशल भुर्तेल २४ रन बनाएर आउट हुँदा आसिफ शेख ७ रनमा पेभिलियन फर्किएका थिए।

त्यस्तै भिम सार्की १० रनमा आउट हुँदा कप्तान रोहित पौडेल २ रनमा एलबिडब्लुको सिकार भए। यी बाहेक मध्यक्रम भने केही समालियो। बसिर अहमदले २० रन बनाउँदा आरिफ शेखले १५ रन बनाउँदा सोमपाल कामीले पनि १५ रन बनाए।

त्यस्तै करण केसीले २२ रन बनाएका थिए। युएईका लागि जुनाइद सिद्दीकी र अजय कुमारले ३-३ विकेट लिंदा खुजाइमा तनभिरले २ विकेट लिए। त्यस्तै हाइदर अली र मुहम्मद सहाददले १-१ विकेट हात पारे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

गल्छी सिद्दलेकमा खुसी छर्दै फानसेप आयोजना

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

यो पनि पढ्नुहोस
सम्बाददाता