एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

पाविलन्युज

कार्तिक ८, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमाले र नेकपाको चरित्र नै फरक रहेको दाबी गरे ।

राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर, यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन, प्रचण्डले भने ।

No data was found

जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको प्रचण्डको भनाइ छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे । शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उनको दाबी छ । नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ, प्रचण्डले भने ।

राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

यो पनि पढ्नुहोस
पाविलन्युज