राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

पाविलन्युज

कार्तिक ८, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्‍याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।

पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका हुन्। उनले राष्ट्रियताबारे जनचेतना र जागरण अभिवृद्धि गर्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताए।

राष्ट्रियता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनजीविकाका सवाल आफूहरुको प्राथमिकतामा रहेको उनको भनाइ छ। उनले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न संविधानको संरक्षण आवश्यक रहेको बताए।

No data was found

लोकतान्त्रिक गणतन्त्र, समावेशिता र विधिको शासनलाई संस्थागत गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा रहेको उनको भनाइ छ। संविधान जनताको संघर्ष, मेहनत र योगदानबाट निर्माण भएकाले त्यसलाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने उनले बताए।

संविधानको रक्षा र विधिको शासनप्रतिको प्रतिबद्धतालाई अभियानका क्रममा प्रमुखताका साथ उठाइने उनले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, यात्रुलाई भने राहत र खुसी

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुलु हेरेर बस्न सक्दैनौँः माधव नेपाल

सुरुङमार्गमा सवारीको लाम (फोटोकथा)

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

यो पनि पढ्नुहोस
पाविलन्युज