धादिङ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रवेशद्धारमा सुरुङ प्रवेश गर्ने सवारीको लाम लाग्ने गरेको छ ।
धादिङ र काठमाण्डौलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै यो वर्षको दशैमा काठमाडौबाट बाहिरिने र काठमाण्डौ भित्रिने यात्रुले यही सुरुमार्गको प्रयोग गरिरहेका छन् ।
दशैंको बेला नागढुंगा क्षेत्रमा सवारीको चाप बढ्ने र जाम लाग्ने समस्या हुन नदिन दुई पाङ्ग्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेको सवारी बाहेक अन्य सवारीलाई सुरुङमार्गको प्रयोग गर्न दिइएको छ ।
प्राय समय देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र सुरुङ संचालनमा आएदेखि शान्त बनेको छ ।
तस्बिरमा हेर्नुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0







