नेपाल श्रीलङ्कासँग पराजित
राष्ट्रिय समाचार समिति

श्रावण ७, २०८३

काठमाडौँ। पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो ।
पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो ।

श्रीलङ्काले आज पहिलो सेटमा २५–१८ को जित निकालेको थियो । त्यसपछि खेलको लगातार दुई सेट नेपालले आफ्नो पक्षमा पारयो । नेपाले दोस्रो सेट २५–२१ अङ्क र तेस्रो सेट २५–१९ अङ्कले जित्यो । श्रीलङ्काले चौथो सेट २५–२१ अंकले आफनो पक्षमा पा¥यो । अन्तिम सेट पनि श्रीलंकाले १५–११ ले हराउदै जित हासिल गरयो ।

No data was found

अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कृष्णभीरको पहिरो पन्छाउन सकस : पृथ्वी राजमार्ग सञ्चालन हुन अझै १० दिन लाग्ने

धादिङको गजुरीका बाढीपीडितलाई ग्यास चुलो वितरण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति