एनपिएलः लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

राष्ट्रिय समाचार समिति

कार्तिक २३, २०८३

काठमाडौँ।  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो तेस्रो जित हो ।
उता लुम्बिनीले पहिलो हारको सामना गरेको छ । आजको खेलमा काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।३ ओभरमा १२४ रनमै अलआउट भयो । उसका लागि सन्दीप जोराले ४४, अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४, शेर मल्लले १२ र रुबेन ट्रम्पेलम्यानले ११ रन बनाए ।
काठमाण्डुका लागि बलिङतर्फ जहान्दाद खानले ४, कप्तान करण केसीले २ तथा साहब आलम, सहान आराच्चिगे, सन्तोष यादव र राशिद खानले १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।
उसका लागि ओपनर डेविड वार्नरले अर्धशतकीय पारी खेले । उनले आज ५० बलमा ९ चौका र १ छक्कासहित ६६ रनको पारी खेलेका हुन् ।
जारी एनपिएलमा वार्नरको यो पहिलो अर्धशतक हो । यस्तै, लुम्बिनीविरुद्ध साहिल पटेलले ३८ र सहान आराच्चिगेले अविजित ३४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन बनाउन सकेनन् ।
लुम्बिनी लायन्सका लागि बलिङतर्फ शेर मल्ल, अभिशेष गौतम र रुबेन ट्रम्पेलमानले २–२ विकेट लिए । आजको जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेल खेल्दा तीनमा जित र एक खेलमा पराजय व्यहोरेको छ ।
हारका बाबजुद शीर्ष स्थानमा कायमै रहेको लुम्बिनीले पाँच खेलमा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा अङ्क बाँडेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

सुनचाँदीको मूल्य स्थिर

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति