धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा तामाङ चयन
सम्बाददाता

असोज ३, २०८३

धादिङ । धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन हुनुभएको छ । धादिङबेसीमा शनिबार सम्पन्न संघको पाँचौँ अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिद्धलेकका दिलिप थापा र नीलकण्ठका महेन्द्र ढुङ्गाना चयन हुनुभएको छ। यस्तै सचिवमा नीलकण्ठका उत्तम भट्ट र कोषाध्यक्षमा सिद्धलेकका सोम श्रेष्ठ चयन हुनुभएको छ । यसैगरीमा सदस्यहरूमा सीता श्रेष्ठ, ठमबहादुर मगर, बुद्धिबहादुर थापा र आईतराम गुरुङ चयन हुनुभएको छ।अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लामा भलिबल खेलको विकासका लागि संघ, खेलाडी, प्रशिक्षक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लाबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै जिल्लादेखि प्रदेश र राष्ट्रियस्तरसम्मको प्रतियोगितामा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान अध्यक्ष अमृत गुरुङ ९तिलक० ले आफ्नो कार्यकालमा संघलाई सक्रिय बनाउँदै जिल्लामा भलिबलका गतिविधि र प्रतियोगितालाई निरन्तरता दिन सकिएको बताउनुभयो । उहाँले नयाँ नेतृत्वले विगतका सकारात्मक कामलाई निरन्तरता दिँदै जिल्लामा भलिबलको थप विकास र खेलाडी उत्पादनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।संघका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथि तथा नेपाल भलिबल संघका उपाध्यक्ष गौतमप्रसाद लासिवा, केन्द्रीय सदस्य क्षितिज इटनी, बागमती प्रदेश भलिबल संघका अध्यक्ष माधव केसी, प्रदेश महासचिव सुदर्शन जम्मरकटेल र काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष रामप्रसाद भट्टराईलगायत अतिथि सहभागी थिए ।कार्यक्रममा सहभागी नेपाल भलिबल संघ तथा विभिन्न तहका भलिबल संघका पदाधिकारीहरूले धादिङ जिल्ला भलिबल संघ जिल्लामा निकै सक्रिय संघका रूपमा स्थापित भएको बताएका थिए ।

No data was found

उनीहरूले धादिङमा नियमित रूपमा भलिबल प्रतियोगिता आयोजना हुँदै आएको र बागमती प्रदेशमै सबैभन्दा धेरै प्रतियोगिता आयोजना गर्ने जिल्लामध्ये धादिङ सक्रिय रहेको उल्लेख गरेका थिए । नवनिर्वाचित अध्यक्ष अमृत तामाङ नेतृत्वको कार्यसमितिले जिल्लामा भलिबल खेलको थप विकास, नयाँ खेलाडी उत्पादन तथा नियमित प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तुइनकै भरमा विदुर–त्रिशूली (फोटोकथा)

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा तामाङ चयन

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख

अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

शिक्षा दिवसमा एआई, जलवायु र शैक्षिक प्रणालीमाथि बहस

यो पनि पढ्नुहोस
सम्बाददाता