राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रिय समाचार समिति

कार्तिक ९, २०८३

भक्तपुर। बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्कनुभएको हो ।

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराउनु भएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गर्नु भएको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उहाँले ग्रहण गर्नुभएको थियो ।

No data was found

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपति पौडेललेलाई बागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं। १ का सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरुले स्वागत गर्नु भएको थियो ।

एक लाख नगदसहित सम्मान

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारको तर्फबाट रु एक लाख नगद प्रदान गर्नुभयो । सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गर्नुभयो । नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाई हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत रु एक लाखसहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

विसं २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्रप्रमुख यो पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिनुभयो । नवदुर्गाअन्तर्गत ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

सुनचाँदीको मूल्य घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति