सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

राष्ट्रिय समाचार समिति

कार्तिक १२, २०८३

काठमाडौँ। कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।
जालिम सिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीषक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको गजुरीमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः काठमाडौँ गोर्खाजद्वारा जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति