एनपिएलः काठमाडौँ गोर्खाजद्वारा जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य

राष्ट्रिय समाचार समिति

कार्तिक १२, २०८३

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्ससामु एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो । काठमाडौँका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे ।
यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए ।
जारी प्रतियोगितामा जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । यस्तै काठमाडौँ आफ्नो पहिलो खेल खेलिरहेको छ । एक सय १६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुरले १५ ओभरमा दुई विकेट गुमाएर ९० रन बनाएको छ ।
प्रतियोगिताअन्तर्गत आजै अर्को खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच अपरान्ह ५ः०० बजे सुरु हुनेछ । आगामी मङ्सिर ५ गतेसम्म जारी रहने यस प्रतियोगितामा आठ टोली सहभागी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको गजुरीमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः काठमाडौँ गोर्खाजद्वारा जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति