धादिङको गजुरीमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

पाविलन्युज

कार्तिक १२, २०८३

धादिङ। धादिङको गजुरी गाउँपालिकाबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरीसँग सम्बन्धित अनुसन्धानका क्रममा एउटा मोटरसाइकल र भरुवा बन्दुकजस्तो देखिने हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका–८ मजुवाका १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही वडाको सिउरेनीका २२ वर्षीय शिशिर तामाङलाई उनीहरूकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सागर तामाङको साथबाट सवारी दर्ता किताब ब्लुबुक नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र भरुवा बन्दुकजस्तो देखिने एक थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

No data was found

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका दुवै जना यसअघि पनि चोरीसम्बन्धी कसुरमा संलग्न रहेको खुलेको छ। शिशिर तामाङविरुद्ध काठमाडौंको प्रहरी वृत्त कालिमाटी र थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको तथा सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शिशिर तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट, काठमाडौं पठाइएको छ। सागर तामाङमाथि भने हातहतियार खरखजाना ऐन, २०१९ बमोजिम इलाका प्रहरी कार्यालय गजुरीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको गजुरीमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ

विपद् प्रभावितको पुनस्र्थापना गर्न जग्गा खरिद प्रक्रिया सहज बनाइँदै

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः काठमाडौँ गोर्खाजद्वारा जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

यो पनि पढ्नुहोस
पाविलन्युज