उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

राष्ट्रिय समाचार समिति

कार्तिक १३, २०८३

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिनुभएको छ ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए । ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ ।
प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ ।
किमले आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै कृत्रिम बौद्धिकता र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ ।
यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ । ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढासम्म पुगेका थिए । यस वर्ष उत्तर कोरियाले गरेको यो १७औँ क्षेप्यास्त्र परीक्षण हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

धादिङको फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गरिने

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति