नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

राष्ट्रिय समाचार समिति

कार्तिक १४, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले  घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले  घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले  घटेर १८६ दशमलव ६४ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले घटेर १६५ दशमलव १६ मा पुगेको छ । आज विभिन्न कम्पनीका दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर रु आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मूल्यमा खरिद बिक्री भएको छ ।
तेह्रवटा उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो । आज १०२ कम्पनीको सेयर बढ्यो भने  १६९ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार बेनी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मेन्छियम हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, सोपान फार्मास्यूटिकल्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

चिनियाँ सांस्कतिक टोली सम्मानित

‘स्ट्रेट अफ होर्मुज’ मा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति