‘स्ट्रेट अफ होर्मुज’ मा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

राष्ट्रिय समाचार समिति

कार्तिक १५, २०८३

ओमानले शुक्रबार आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको जनाएको छ । यसैबीच, इरानले ‘स्ट्रेट  अफ होर्मुज’ पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण तेहरानले विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने उक्त जलमार्गमा आवागमन अवरुद्ध गर्दै आएको छ ।
ओमानको समुद्री सुरक्षा केन्द्रका अनुसार पानामाको झण्डा बोकेको ‘आरआईटीआई’ नामक व्यापारिक जहाजमाथि आक्रमण हुँदा आगलागी भएको थियो । त्यसपछि ओमानी नौसेनाले जहाजमा रहेका २५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई आवश्यक स्वास्थ्य उपचारसमेत प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । जहाज ट्र्याकिङ वेबसाइट मरिन ट्राफिकका अनुसार उक्त जहाज कच्चा तेल बोक्ने ट्याङ्कर हो ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजका अन्तरराष्ट्रिय जलमार्गमा रहेका समुद्री बारुदी सुरुङ हटाएको बताउनुभएको छ । जलमार्ग खुला र सुरक्षित राख्न अमेरिकी सेना तैनाथ रहेको उहाँको भनाइ छ ।
बेलायती समुद्री सुरक्षा निकाय ९युकेएमटीओ० का अनुसार शुक्रबार इरानको लाभान टापुबाट करिब ७४ किलोमिटर दक्षिणमा रहेको अर्को जहाजमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको थियो । जहाजका चालक दल सुरक्षित रहेको र वातावरणीय क्षतिको खबर नआएको निकायले जनाएको छ ।
इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले अनधिकृत मार्ग प्रयोग गरेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ । ती जहाजले नेभिगेसन तथा अवस्थिति पहिचान गर्ने प्रणाली बन्द गरी इरानी चेतावनी बेवास्ता गरेको गाड्र्सको आरोप छ । तीमध्ये एउटा ट्याङ्करमा २० लाख ब्यारेल तेल रहेको र समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको इरानले जनाएको छ ।
इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजले तोकिएको मार्ग प्रयोग गर्नुपर्ने र यात्राबारे इरानी सेनासँग समन्वय गर्नुपर्ने माग गर्दै आएको छ ।
इरानले जलमार्गमा लगाएको अवरोधको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा प्रति–अवरोध लगाएको छ । यसले इरानको तेल निर्यात तथा व्यापारिक गतिविधिमा थप प्रतिबन्ध सिर्जना गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान

चिनियाँ सांस्कतिक टोली सम्मानित

‘स्ट्रेट अफ होर्मुज’ मा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति